बिकास पाण्डे,
तनहुँ (देबघाट) फागुन ८ गते ।
महाशिवरात्रीको अवसरमा तनहुकोे प्रसिद्ध तीर्थस्थल देबघाटधाममा आज भव्य मेला लाग्ने भएको छ । धार्मिक एवं सास्कृतिक रुपले परिचित देबघाटधाममा क्षेत्रमा लाग्ने मेलामा सहभागी हुन छिमेकी जिल्ला चितवन,नवलपरासि,स्यांजा,धादिङ्ग,कास्की,बारा,पर्सा लगायत भारतबाट समेत भक्तजनहरु आउने गर्दछन ।
यस मेलामा हिन्दुधर्मालम्बीहरुले दिवंगत भएका आफ्ना परिवारका सदस्यहरुको सम्झनामा वस्त्र, फलफुल र दक्षिण समेत खोलामा बगाउँने गर्दछन । यसरी बगाउँदा दिवंगत भएका आफ्न्तहरुले प्राप्त गर्ने र शान्ति पाउने जन विश्वास रहि आएको छ ।
महाशिवरात्रीको अवसरमा श्रद्धालुभक्तजनहरुलाई आवागमनमा अपठ्यारो नपरोस भन्ने हेतुले तनहु र चितवन जोड्ने झोलुंगे पुलको विशेष निर्माण कार्य निरन्तर रुपमा अगाडि बढिरहेको छ । मर्मत कार्यको लागि भन्दै फागुन २५ गते देखि बिहान १० बजे बाट ४ बजे सम्म बन्द रहदै आएको झोलुंगे पुल आज एक दिनका लागि खुलेको छ ।
आज महाशिबरात्रि मेला भएका कारण श्रद्धालुभक्तजनहरुलाई आवागमनमा अपठ्यारो नपरोस भन्ने हेतुले मर्मत संभारको कार्यलाई स्थगन गरिएको झोलुंगे पुल मर्मत संभार सहयोग समिति एवं देबघाट गा बि स का पुर्व अध्यक्ष शिबराज पौडेलले जानकारि दिनुभएको छ यसै अबसरमा देबघाट २ पुलको मुखमा रहेको श्री गणेश मन्दिरमाआज सांझ ७ बजें बाट लघु रुद्राभिषेक ,दीप प्रज्वलन दीप भजन किर्तन प्रसाद बितरण गर्ने कार्यक्रम रहेको श्री गणेश मन्दिर ब्यबस्थापन समिित ले जानकारि दिएको छ ।