रवि रोषी दोहा -कतार स्थित एक प्रतिष्ठित कम्पनीमा पाकीस्तानी र नेपाली बीच भएको झडपमा २ सय ५९ जना नेपालीलाई घर फर्काइने भएको छ । लुसेल सिटी स्थित कम्पनीको क्याम्पमा नेपाली र पाकिस्तानी कामदार बीच भडप भएपछि शनिवार उनीहरुलाई खोजी तथा अनुगमन विभाग सर्च एण्ड फलो अप डिपार्टमेन्ट मा लगिएको थियो । सो विभागको बन्दीगृहलाई फिर्तीकेन्द्र भनिन्छ । त्यहाँ राखिएकाहरुलाई मुलुक फर्काइन्छ । झडपपछि लगभग ८ सय कामदारलाई प्रहरीले गिरफ्तार गरेकोमा बाँकी काममा फर्केको जानकारी प्राप्त भएको नेपाली दूतावासले जनाएको छ ।
सो झडपबारे हाल छानवीन भईरहेको छ । यस अघि गत साता कतारस्थित एक रियलस्टेट कम्पनीबाट ९७ जना नेपाली कामदारलाई मुलुक फर्काईएको थियो । काममा नगई हड्ताल गरेका कारण उनीहरुलाई फर्काईएको हो । कतारमा हड्ताल गैरकानूनी मानिन्छ