Responsive Ad Slot

latest

जेठ १४ भित्र संबिधान बन्छ ः रायमाझीI

Tuesday, February 21

/ by Admin BHOLA THAPA

काठमाडौं, फागुन ९ गते ।
स्थानिय बिकास मन्त्री टोपबहादुर रायमाझीले जेठ १४ भित्र संबिधान निर्माण हुने दाबी गर्नु भएको छ । उहाँले फागुन महिना भित्र शान्ति प्रक्रिया निश्कर्षमा पुग्ने र निर्धारित समयमा संबिधान निर्माण हुने जिकिर गर्नु भयो ।

नेपालवाणी नेटवर्कको वाणी बहसमा स्थानिय बिकास मन्त्री एवम् माओवादी नेता रायमाझीले संबिधानका धेरै बिषयमा सहमति भैसकेकाले राज्यपुनर्संरचना र शासकीय स्वरुपको पनि केहि दिन भित्रै टुंगो लाग्ने बताउनु दावी गर्नु भयो । उहाँले शान्ति प्रक्रिया र संबिधान निर्माण कार्य बाबुराम भट्टराईकै नेतृत्वमा सम्पन्न हुने जिकिर गर्नु भयो ।

कार्यक्रममा काँग्रेस नेता रमेश लेखकले आफुहरुले माओवादीलाई शान्ति र संबिधानका लागि पटक पटक खबरदारी गरीरहेको उल्लेख गर्नु भयो । उहाँले माओवादीले काँग्रेस र एमालेको सुझावलाई मनन गरे निर्धारित समयमा शान्ति र संबिधान निर्माण कार्य टुंगोमा पुग्ने धारणा राख्नु भयो । 

यसैबिच निजि आवसीय बिद्यालयहरुको संस्था प्याब्सनका नव निर्बाचित अध्यक्ष बाबुराम पोख्रेलले आफुले गुणस्तरीय शिक्षाको लागि सक्दो काम गर्ने बताउनु भएको छ । उहाँले अन्तराष्ट्रिय प्रतिष्पर्धामा खरो रुपमा उत्रीन सक्ने बिद्यार्थी उत्पादन गरिने बताउनु भयो ।

पोख्रेलले आफ्नो कार्यकालमा बिद्यालय र बिद्यार्थीमा परिबर्तनको आभास गराएर छोड्ने नयाँ भिजन र मिसनका साथ अगाडी बढ्ने जिकिर गर्नु भयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI