नारायण सापकोटा
चितबन फागुन ११ गते ।
राप्रपा नेपालले आज चितबन जिल्लाका बिभिन्न गा“उ बिकास समितिमा आज ताला लगाएका छन् । मेघौली,शुक्रनगर र जगतपुर लगाएत चितवनका ३६ गाबिसमै आज तालाबनदी गरिएको राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्री तिमल्सीनाले जानकारी दिनुभयो ।
स्थानीय निकायको निर्वाचन हुनुपर्ने माग गर्दै तालाबन्दी गर्दै राष्ट्रि प्रजातन्त्र पार्टी नेपालले देश भरका गाबिस कार्यालयमा तालाबन्दी गर्दैछन् ।
यसअघि राष्ट्रि प्रजातन्त्र पार्टी नेपालले जिल्ला बिकास समिति, र चितवनका दुई नगरपालिकामा तालाबन्दी गरीसकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल चितवनले केन्द्रीय कार्यक्रम अनुसार चितवनको स्थानीय निकायमा तालाबन्दी गरिएको हो ।