धरान फागुन १० गते ।
एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं सभासद सावित्री कुमार काफ्ले सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको छ । पूर्वको चतरा–धरान सडकखण्ड अन्तर्गत धरान ११ बरगाछी चेैकमा चतरा जाँदै गरेको को.१ ज ५५५ नम्बरको जीपले उहाँ चढ्नु भएको १० प ३५८६ नम्बरको मोटरसाईकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
आज बिहान करिब १० बजेतिर भएको मोटरसाइकल दुर्घटनामा चालक वाइसिएल धरानका इन्चार्ज विनोद दियाली सामान्य घाइते हुनुभएको छ । घाइते सभासद काफ्लेको अहिले चिन्ताजनक अवस्थामा न्युरो अस्पताल विराटनगरमा उपचार भईरहेको अस्पतालले जनाएको छ । उहा“ संविधानसभाको निर्वाचनमा मोरङ्गको क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सभासद हुनुहुन्छ । ठक्कर दिने जीप र चालकलाई चतरा प्रहरीले पक्राउ गरेको छ