Responsive Ad Slot

latest

कबिता- शान्ति I

Tuesday, February 21

/ by Admin BHOLA THAPA
यो देशको शान्ति
बन्दुकको नालमा छ
जनताको कालमा छ
भ्रष्टाचारी र सामन्तीहरुको जाजालमा छ


यो देशको शान्ति
राजनीतिक दलको बलमा छ
सडक र सदनको हलमा छ
ढलभित्रको पवित्र जलमा छ
जनादेशको नारा घन्काउँदा घन्काउँदै
आँटीहरुले घाँटी अचेटेपिछ
लाठी खान पुगेकी तिमी
यो देशमा आउने दुस्साहस नगर
गोमन र काला सापहरु
तिमीलाई डस्ने दाऊमा छन्
अशान्ति र िहंसाको पाउमा छन्

त्यसैले शान्ति तिम्रा विद्रोहीहरु
सत्तामा बसेर भत्ता पकाउँछन्
कोहिले सडक तताउँछन्
आखिर तिमीलाई नै अत्याउँछन्
र जनतालाई नै लत्याउँछन्


सुमन वैरागी
हर्मी ९ गोर्खा
suman788@gmail.com
Don't Miss
© all rights reserved
made with by netKUTI