सन्तकुमार चौधरी
चितवन १ फागुन ।
चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि छैठौ सौराहा फुड फेष्टिवल सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन(रेवान) ले आयोजना गरेको फेष्टिवलको स्थानिय विकास अधिकारी उद्धव प्रसाद तिमल्सिनाले उद्घाटन गर्नुभएको थियो । प्रेम दिवसको अवसरमा सौराहा फुड फेष्टीबलको आयोजना गरिएको हो । रेष्टुरेष्ट एण्ड बार एशोशियशन रेवानले आयोजना गरेको फुड फेष्टिबल पर्यटन प्रर्वधन अलावा युवाहरुलाइ लक्षित गरी आयोजना गरिएको हो । बिगत २ बर्ष देखी यसै समयमा हुंदै आएको फेष्टिबल ३ गते सम्म चल्नेछ ।
पर्यटकलाई स्थानीय थारु संस्कृतिको परम्परा तथा भेषभुषा देखाउन आयोजना गरिएको फेष्टिबलमा सौराहा बाहिरका ब्यबसायीहरुले पनि स्टल राख्ने रेवान सौराहका अध्यक्ष सुभाषचन्द्र गौतमले जानकारी दिनुभयो फेष्टीबलमा बिभिन्न परिकारका ४० स्टल रहने छन भने बिभिन्न प्रतियोगीताहरु पनि आयोजना गरिने आयोजकले बताएको छ ।
फेष्टिबलको ३० हजार बढी दर्शकले अवलोकन गर्न आयोजकले अपेक्षा गरेको छ । फेष्टिबलमा यसपटक मम खाने तथा गुन्द्रक र ढिडो खाने प्रतियोगीता तथा राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरुको सांस्कृतिक कार्यक्रमहरु पनि समेटिनेछन ।