काठमाण्डौ,
फागनु ९ गते ।
आज २० फेब्रुअरी, अन्तराष्ट्रिय मातृभाषा दिवस । नेपाल लगायत विश्व भर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदैछ । यो दिवस सन १९५२ मा बंगलादेशमा मातृभाषा बंगाली बोल्न पाउनुपर्छ भन्ने माग गर्ने बिद्यार्थी मारिएको सम्झनामा बंगलादेशमा मनाउन थालिएको थियो । १९९९ मा युनेस्कोले विश्व दिवसको स्वीकृति दिएपछि भाषाको संरक्षणमा लागेका विभिन्न संघ सस्थाले आजको दिनलाई विशेष उत्साहका साथ मनाउने गरेका छन । विश्वमा रहेका भाषा र सस्कृतिलाई संरक्षण गर्ने उद्देश्यका साथ मनाईने यो दिवसलाई संयुक्त राष्ट्रसंघले सन २००८ मा अन्तराष्ट्रिय भाषा बर्षको घोषणा गदै मातृभाषा दिवसको महत्वलाई बढाएको हो ।
यसैबीच नेपाल प्रज्ञा प्रतिष्ठानले अनतराष्ट्रिय मात्रिभाषा दिवसको अवसर पारेर दुईदिने राष्ट्रिय मातृ भाषा कविता महोत्सवको आयोजना गरेको छ । भोलीसम्म चल्ने महोत्सवमा महोत्सवमा मैथिलि, खालिङ, राजवंशी, शेर्पा, मुगालि लगायत देशभरबाट करिब ३५ भाषा सहभागि हुन लागेका हुन । महोत्सवमा एउटै भाषाका एक दर्जनभन्दा बढी कविता समावेस भएका छन । महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठान कमलादिमा आज अपरान्ह साढे १२ बजे शुरु हुने छ ।