काठमाडौं, १६ फागुन ।
पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि आज मध्यान्ह सम्म पनि फिर्ता नभए विद्यार्थी संगठनले आन्दोलन गर्ने भएका छन् । सरकारले पेट्रोलिय पदार्थमा मूल्य बृद्धि गरेपछि आक्रोशित १३ विद्यार्थी संगठनले मूल्य बृद्धिको निर्णय फिर्ता गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएका थिए ।
२४ घण्टे अल्टिमेटम भित्र पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता नभए आज पुनः १३ विद्यार्थी संगठनको बैठक बसेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने विद्यार्थी नेताहरुले बताएका छन् ।
सरकारले डिजेल, मट्टितेल, पेट्रोल र आन्तरिक हवाई ईन्धनमा प्रति लिटर चार रुपिया बृद्धि गरेपछि १३ विद्यार्थी संगठनले विरोध जनाएका हुन् । सरकारले एक महिनाको फरकमा दुई पटक पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको हो । यस अघि विद्यार्थी आन्दोलनका कारण दबावमा सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो