काठमान्डौ,फागुन १५ गते ।
राजनैतिक दलका प्रमुख सचेतकले पाउँदै आएको सवारी खर्च संसद सचिवालयले रोकेको छ । सर्बोच्च अदालतले सुबिधा फिर्ता गर्न दिएको आदेशलाई कार्यान्यन गर्न पटक पटक ताकेता गर्दा पनि पाँच जना प्रमुख सचेतकले सवारी लगायतको सुबिधा फीर्ता नगरेपछि उनिहरुको सवारी खर्च रोक्का गरिएको हो ।सर्बोच्च अदालतले गत पुस २२ गते पुर्ब राष्ट्रप्रमुख, दलका नेता र प्रमुख सचेतक, सचेतक र संसदिय दलका नेताले पाउदै आएको सुबिधा फिर्ता लिन आदेश दिएको थियो ।
यसअघि सचिवालयले १९ दललाई यो सुबिधा दिदै आएको थियो ।संसद सचिवालयका अनुसार प्रमुख सचेतक लाई १ सय ७५ लिटर तेल, एक उपसचिव, दुई ड्राईभर र एक सहयोगिको खर्च उपलब्ध गराउदै आएको थियो । सचिवलाय कर्मचारीलेजनाए अनुसार १९ मध्ये ५ जनाले पटक पटक ताकेता गर्दा पनि सुबिधा फिर्ता नगरेपछि उनिहरुलाई दिईदै आएको खर्च रोक्का गरीएको हो ।
अहिले सम्म सुबिधा फिर्ता नगर्नेमा एमालेका भिम आर्चाय, फोरम लोकतान्त्रीकका रामजनम चौधरी, राष्टिय जनशत्ति पार्टीका अर्जुन राई, फोरम गणतान्त्रीकका चन्द्रीका प्रसाद यादव र दलीत जनजातीका संसदीय दलका नेता बिश्वेन्द्र पासवान रहेको संसद सचिवालयले जनाएको छ ।