क्यानडामा रेल दुर्घटनामा परेको छ । क्यानडाको आँटरियोमा भएको रेल दुर्घटनमा कयौँ यात्रु रेल भित्र फँसेको खबर आईरहेका छन् । रेल कम्पनीका एक प्रवक्ताले दिएको जानकारी अनुसार दुर्घटना बर्लिगटनको नजिकै भएको हो । यात्रु रेलको डब्बाभित्र फँसेको जनाईएको छ । र ति मध्ये केहिको मृत्यु भएको वीवीसीले उल्लेख गरेको छ । अधिकारीहरुका अनुसार उद्धारकर्ता घटनास्थल पुगी उद्धार कार्यलाई जारी राखेका छन् ।