Responsive Ad Slot

latest

फुड फेष्टिवल आज सकिदै I

Wednesday, February 15

/ by Admin BHOLA THAPA

चितवन फाल्गुन ३ गते ।
चितवनको पर्यटकीय नगरी सौराहामा जारी छैठौ सौराहा फुड फेष्टिवल आज सकिदैछ । रेष्टुरेण्ट एण्ड बार एसोसियसन रेवानको आयोजना गत १ गते सुरु भएको फेष्टिवलमा सयभन्दा वढि खानाका स्टलहरु रहेका छन् । फेष्टिवलमा एक दर्जन स्वदेशी तथा विदेशी खाना शुलभ मूल्यमा पर्यटकलाई उपलव्ध गराउने व्यवस्था मिलाईएको छ ।

यस पटकको फेष्टिवलको मुख्य आकर्षक स्वेदेशी गृहिणीलाई विदेशी खाना र विदेशी गृहिणीलाई स्वेशी खाना वनाउन सिकाईएको रेवान सौराहाका अध्यक्ष सुवासचन्द्र गौतमले जानकारी दिनु भयो । चितवनमा पर्यटन प्रर्वद्धन गर्नको लागी फेष्टिवलले केही हद सम्म भएपनि टेवा मिलेको आयोजक रेवानको दावी रहेको छ ।

यसगरि फेष्टिवलमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको दैनिक सास्कृतिक प्रस्तुती पनि रहेको छ भने विभिन्न प्रतियोगिता पनि समावेश गरिएको छ । प्रतियोगिता अन्र्तगत आज गुन्दु्रक ढिडो खाने प्रतियोगिता,५०० मिलिलिटरको महिला कोक पिउने प्रतियोगिता मम खाने प्रतियोगिता हुदैछ । प्रेम दिवसको अवसर पारेर रेवानले प्रत्येक वर्ष फेष्टिवलको आयोजना गर्दै आईरहेको छ । फेष्टिवलको आयोजना भएपछि सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको चहल पहलमा वृद्धि भएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI