गणेश बानियां
दोहा, २५ फेव्रुअरी, २०१२
फेव्रुअरी २ तारिखमा निधन भएका गाइखुर ९ गोरखाका सन्त वहादुर बि.कको शव यही फेव्रुअरी २३ तारिख ३ः४० बजे कतार एयरवेज मार्फत नेपाल पठाइएको छ । कतार स्थित एक कम्पनीमा भगौडा कामदारको रुपमा अपरेटर पदमा काम गर्ने निज सन्त बहादुरको अकस्मात ह्रदयघात भइ हमद हस्पिटलमा भर्ना भई हस्पिटलमै मृत्यु भएको थियो । परिवारमा आमा, दुई छोरा र श्रीमति रहेका बिकको शव उनका भान्जी ज्वाई तिल बहादुर बि.क मार्फत नेपाल पठाइएको ध्रुव रानाभाटले जानकारी दिनु भयो ।
भागेर काम गर्दा मृत्यु भएमा शव पठाउन झन्झटिलो प्रक्रिया रहेको र सोको तयारीका लागि धेरै समय लागेको बताउदै गोरखा सेवा समाजको पहलमा उनका कम्पनीका तर्फवाट नेपाली पिआरओ प्रेम तामाङ्ग र साथीहरुको सहयोगले अझ छिट्टै सहज भएको गोरखा सेवा समाजका अध्यक्ष श्रीकृष्ण भट्टराईले बताउनु भयो ।
मृतकको आर्थिक अवस्था अतिनै दयनिय रहेको र आश्रित नावालकहरुको शिक्षालाई सहयोग पुगोस भन्ने हेतुले गोरखा सेवा समाजले सहयोग संकलन गरकाले सहयोगका लागि सबैमा अपिल पनि गर्नु भयो ।
उक्त लाशलाई सहजरुपमा नेपाल पठाउन सहयोग गर्नेहुने सम्पूर्णमा गोरखा सेवा समाजले धन्यवाद दिएको छ ।