Responsive Ad Slot

latest

म्याट्रेस उद्योगमा भीषण आगलागी I

Monday, February 27

/ by Samsung
धादिङ ,  फागुन १५ गते । 

धादिङको नौबिसेमा रहेको सगरमाथा नेपाल र्फम उद्योगमा सोमबार भीषण आगलागी भएको छ ।बिहान नौ बजेतिर सरु भएको आगलागी तीन घण्टाको अथक प्रयासमा नियन्त्रणमा लिइएको खानीखोला प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय बासिन्दाको आगो निभाउने प्रयास असफल भएपछि काठमाडौँबाट गएको बारुणयन्त्रले आगलागी नियन्त्रणमा लिएको हो ।


पर्याप्त पानी तथा दमकलको अभावमा आगलागी नियन्त्रणमा लिन कठिनाई भएको प्रहरीले बताएको छ । आगलागीको समयमा उद्योगभित्र कोही पनि नभएका कारण मानवीय क्षति भने हुन पाएन । आगलागीको कारण र क्षतिका सम्बन्धमा थप जानकारी आउन सकेको छैन ।
Don't Miss
© all rights reserved
made with by netKUTI