रोल्पा फागुन १२ गते ।
अर्थमन्त्री बर्षमान पुनले शान्ति प्रक्रिया चाडै टुङ्गीने बताउनुभएको छ । शान्ति प्रक्रियाका मुलभूत बिषयहरुमा समाधान खोज्ने प्रयास जारी रहेको बताउदैँ मन्त्री पुनले शान्ति र संबिधानमा दलहरु सहमती नजिक पुगेको दाबी गर्नुभयो । नेपाल पत्रकार महासंघ रोल्पाले आज रोल्पाको लिवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले बर्तमान सरकारले नै शान्ति प्रक्रिया टुङ्गोमा पु¥याई संबिधान जारी गर्ने बताउनुभयो ।
मन्त्री पुनले संबिधान निर्माणमा देखिएको निर्वाचन प्रणाली र शासकीय स्वरुप लगायतका बिषयमा दलहरुबीच सहमती नजिक पुगेको बताउनुभयो । माओवादी स्थायी समिति सदस्य समेत रहनुभएका पुनले सेना समायोजन अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । संचारकर्मीले राखेको जिज्ञासाको जवाफ दिदै मन्त्री पुनले द्वन्द्वकालमा बिस्थापित भएका रोल्पाका बाणिज्य बैंकका शाखाहरु संचालनमा ल्याउने पहल भैरहेको बताउनुभयो । जिल्लाको बिकासको निम्ति जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासद र सरोकारवाला सबै जिम्मेवार हुनुपर्ने मन्त्री पुनको भनाई थियो ।