Responsive Ad Slot

latest

विद्युत प्राधिकरणद्धारा एकघण्टा लोडसेडिङ घटायो ÷ छडके चेक चाजपनि तीब्र I

Monday, February 13

/ by Admin BHOLA THAPA
सन्तकुमार चौधरी
चितवन फागुन १ गते ।
नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुने गरी लोडसेडिङको समयमा दैनिक एकघण्टा कटौती गरेको छ । हाल सातामा ८८ घण्टा हुँदै आएको लोडसेडिङ आजबाट ८१ घण्टामा झर्ने प्राधिकरण भार पे्रषण केन्द्रले जनाएको छ । नदीहरुमा पानीको जलस्तर घटनेक्रम रहेपनि कुलेखानी जलाशयमा पानीको संञ्चिती बढेको तथा विद्युत चुहावट नियन्त्रणमा आएकाले लोडसेडिङको समयमा झिनो कटौति गरिएको प्राधिकरणले जनाएको छ ।

अबदेखी सातामा दुइदिन १०, दुइदिन १२, दुइदिन १३ र एकदिन एघार घण्टा लोडसेडिङ हुनेछ । दैनिक साढे १२ घण्टाका दरले हुँदै आएको लोडसेडिङ अब साढे ११ घण्टा हुने भएको छ । अब सातामा ८१ घण्टा मात्र लोडसेडिङ हुने भएको छ ।

मध्यमस्र्यायाङ्दी जलविद्युत गृह निर्धारित समयभन्दा एक साताअघि मर्मत भएको र वर्षातले कुलेखानीको जलासयको सतह बढेकाले तत्काकालका लागी लोडसेडिङ घटाउने लागिएको हो । मध्यमस्र्याङदी हिजोदेखी संचालनमा आएको छ भने कुलेखानीको जलायस ९ सेन्टीमिटर बढेको छ ।

यसैबीच नेपाल बिधुत प्राधिकरण भरतपुर शाखाले पश्चिम चितवनका बिभिन्न स्थानबाट बिधुत चोरी गर्ने १४ जनालाई पक्राउ गरेको छ ।अनुगमनको क्रममा जिल्लाका पश्चिमी गाबिस गुन्जनगर २ बाट मोहन बिक , इश्वर महतो , महेश शर्मा, चुडामणि लामिछाने, लाकेन्द्र गुरुड, हरी प्रसाद दर्जी, जनक बिक रहेका छन भने, पार्बतीपुर गाबिसका कान्छा गुरुङ, मानबहादुर सुनार, ओम बहादुर बिक ,इन्द्र बिक , बिधा गुरुङ, शम्शेर ढकाल, रहेकाछन् ।

यसैगरी बिधुत चोरी गदै बिधालय संचालन गदै आएका ज्ञानज्योति बोडिङ स्कुलका सचालक नरेश पुरी पनि रहेका छन् । उनले बोडिङ स्कुल बिधुत चोरी गरेर चलाएका थिए । पक्राउ परेका बिधुत चोरहरुलाई जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखिएको छ । बिधुत ऐन बमोजिम आबश्यक जरीवाना पछि क्रमश उनीहरुलाई छाडदै जाने, जिल्ला प्रहरी कार्यालयमा रिहा गदै जाने, बिधुत प्राधिकरण भरतपुर, प्रबक्ता सुरेश पण्डितले जानकारी दिनुभयो । शशस्त्र प्रहरी २० जना , जनपथ प्रहरी ७ जना, प्राधिकरणका कर्मचारी १४ जना, पत्रकार २ जना सहितको टोली आज अनुगमनका लागी
Don't Miss
© all rights reserved
made with by netKUTI