जीवन नेपाल,
दाङ फागुन १० गते ।
तुलसीपुरदाङमा गएराति एक छोराले आफ्नी वृद्धा आमाको हत्या गरेका छन् । घोराही– १ का ५० वर्षका पूर्णबहादुर पुनले ७० वर्षका आमा सुनिता पुनको हत्या गरेका हुन् । घरायसी विवादमा पुनले आमालाई धारिलो हतियार प्रहार गरी गएराति २ बजेतिर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आमाको हत्या गर्ने पुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । सुनिताको शव पोष्टमार्टमका लागि घोराहीस्थित राप्ती उपÔेत्रीय अस्पतालमा राखिएको छ ।