तनहुँ खबर, दोहा–कतारमा प्रत्येक १५, १५ दिनमा दोहोरी धमाका हुने भएको छ । सम्सरा थकाली भान्छा घरको प्रस्तुती तथा हरि पुन र आदित्य राजको आयोजनामा दोहोरी सांझको आयोजना गरिएको हो । दोहोरी सांझमा धमका मच्चाउन नेपाल बाट लोकदोहोरी गायिका देवीका केसी ,ज्योति लोहोनि र गायक गणेश गुरुङ आउने भएका छन ।
नेपालबाट आएका कलाकारहरुसंग स्थानिय कलाकार नेपाल प्रवासी सांगितिक परिवारका दीपक परियारले साथ दिने छन । प्रत्यक्ष पन्चैबाज सहित लोकदोहोरी प्रस्तुती रहने छ । गल्फ होराइजन होटलमा हुने दोहोरी धमाका प्रत्यक १५, १५ दिनमा गर्ने आयोजक हरि पुनले तनहुँ खबर डटकमलाई जनाए ।
आगामी मार्चको ९ तारिख शुक्रबार देखी सुरु हुने दोहोरी सांझ दिनको ३ बजे देखी राती १० बजे सम्म चल्ने छ । सस्तो दरमा टिकट उपलब्ध हुने कुरा जनाए पनि आयोजकले टिकदर भने सार्वजनिक गरेका छैनन ।