नारायण सापकोटा,
चितबन ,फागुन ९ गते ।
सहमती अनुसार घटनामा संलग्न भएका प्रहरीलाई निलम्बन गरेपछि प्रहरीको कुटाइवाट मत्युभएको भण्डीभञ्ज्याङका रविन गुरुड्डको परिवारले मृतकका शव बुझेका छन् । उचित क्षतीपुर्ती पाउनुपर्ने, दोषिलाई कावार्हीगर्नुपर्ने माग राख्दै पीडितका परिवारले मृतकको शव बुझ्न मानेका थिएनन् । मृतकका आफन्तहरुले निलम्बनमा परेका प्रहरीको नाम सार्वजनीक नगरे सम्म शव नबुझ्ने भन्दै प्रहरी कार्यालयमा धर्ना दिएका थिए ।
आफन्तको दवावका कारण जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलनको आयोजना गरी पीडित परिवारसंगै राखेर निलम्बनमा परेका प्रहरी जवानहरुको नाम सार्वजनीक गरेको थियो । आजकै मितिदेखि ५ जना प्रहरी जवानलाई निलम्बन गरिएको प्रहरीप्रमुख भुपालकुमार भण्डारीले जानकारी दिनुभयो ।
निलम्बनमा पर्नेहरुमा प्रहरी नायव निरिक्षक हरी अधिकारी, प्रहरी हवल्दार दानवहादुर शाही, गणेश सुनुवार, रामशरण शिल्वाल, राहनी ढकाल, अक्षय क्षेत्री रहेका छन् ।निलम्बनमा परेकाहरुको अधिकतम समय ६ महिना सम्म रहने छ । उनीहरुलाई अनुसन्धानका लागि निलम्बन गरिएको प्रहरी प्रमुख भण्डारीले जानकारी दिनुभयो । क्षतीपूर्तीको सवालमा भने प्रमुख जिल्ला अधिकारीले पहल गरीराखेको उहा“ले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की घटनाकै विषयलाई लिएर राजधानी जानुभएको छ । १५ दिनभित्रमा पीडितले दशलाख क्षतीपूर्ती पाउने तरिकाले परामर्श भइरहेको छ उहा“ले भन्नुभयो । यसैबीच पूर्वी चितवनको रत्ननगरवाट ५ केजी गाजा सहित दुईजना पक्राउ परेका छन् । पक्राउपर्नेमा भरतपुर वडा नं. १४ बस्ने तिलवहादुर भनिने, लोकवहादुर तामाङ र अमर रानामगर रहेका छन् । उनीहरुवाट प्रहरीले ५ केजीको गाजा समेत बरामद गरेको छ । रत्ननगर नगरपालिकाको सौराहा चोकवाट उनीहरुलाई विशेष सुराकीको आद्यारमा पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबैजनालाई अनुसन्धानका लागि १३ दिने म्याद थप गरिएको प्रहरी प्रमुख भुपालकुमार भण्डारीले जानकारी दिनुभयो । यसैबीच चारवर्षिय वालिकालाई करणी गर्ने एक अद्यवैशे पूरुष पक्राउ परेका छन् । पूर्वी चितवनको जुटपानी गाविस वडा नं. ३ का ४५ वषिय ज्ञानवहादुर कुमाललाई पक्राउ गरेको हो । कुमालले हिजो दिउसो जुटपानी गाविस वडा नं. ४ की एक चारवर्षिया बालिका लाई करणी गरेका थिए ।