Responsive Ad Slot

latest

अग्नीपीडितलाई राहत वितरण I

Saturday, February 25

/ by Admin BHOLA THAPA

तनहुँ, फागुन १३-
घरमा आगो लागेपछि एक सातादेखी छिमेकीको घरमा आश्रय लिदै आएकी जिल्लाको भानुमती गाविस वडा नं. ९, कोखे निवासी धन माया वि.क लाई शुक्रबार फ्रेण्डसिप यूथ क्लव, दुलेगौडा–८,बेलचौताराले राहत वितरण गरेको छ । 
भानुमतीमा आयोजना गरिएको अग्निपीडित राहत वितरण कार्यक्रममा प्रमुख अतिथी प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेलले विकलाई राहत समाग्री हस्तान्तरण गरेका छन् । राहत वितरण गर्दै प्रमुख अतिथी कट्टेलले क्लवले अग्निपीडितलाई राहत प्रदान गरेर उल्लेखनीय कार्य पु¥याएको बताए । 
अग्नि पीडित विकलाई क्लवका तर्फबाट नगद ५ हजार ३ सय ५० सहित एक वण्डल जस्ता पाता, ६० केजी चामल, २० पाथी मकै, १० किलो आलु, ७ किलो दाल, ३ लिटर तोरीको तेल, २ लिटर मट्टितेल, ७ वटा कम्बल सहित लुगाफाटाहरु प्रदान गरिएको क्लवका अध्यक्ष दीर्घ बहादुर थापाले बताए । प्रमुख अतिथी कट्टेलले समेत आफ्नो व्यक्तिगत १ हजार १ सय १५ रुपैया अग्नीपीडित वि.कलाई प्रदान गरेका थिए । 
भानुमतीकै नव सिद्ध युवा क्ल्व, भानुमती ७ तनहुँले समेत वि.कलाई ४० पाथी कोदो प्रदान गरेको फ्रेण्डसिप युवा क्लवका सचिव दुर्गा प्रसाद श्रेष्ठले बताए । फागुन ५ गते साँझमा बच्चाले आगो खेलाउँदा घरमा आगलागी भएपछि एकल महिला धनमाया वि.कको ३ छोरा, २ छोरी र एक बुहारी सहित ७ जनाको परिवार अहिले छिमेकीको घरमा आश्रय लिदै आएको छन् ।  इ तनहुँ 
Don't Miss
© all rights reserved
made with by netKUTI