Responsive Ad Slot

latest

जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो I

Tuesday, February 21

/ by Admin BHOLA THAPA

रविन पि.एम.
प्युठान, फागुन ९ गते ।
प्यूठानको दाखाक्वाडिमा भएको सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ । उपचारमा रहेका खलंगाकी २१ बर्षिया बसन्ता खड्का र विष्णु श्रेष्ठको ज्यान गएपछि मृत्यु हुनेको संख्या बडेको हो । हिजो भएको दुर्घटनामा तीन जनाको घटना स्थलमै मृत्यु भएको थियो ।

द्युर्घटनामा परि घाइते भएका मध्ये ८ जनाको नेपालगञ्ज र ९ जनाको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचार भईरहेको छ । प्युठानको बरौला बाट बिजुवार तर्फ जादै गरेकोे जिप ब्रेक फेल भएर दुर्घटना भएको थियो ।
यसैबीच दुर्घटनामा मृत्यु भएकाका आफन्तजनले क्षतिपूर्तिको माग गर्दै प्यूठानमा बाटो बन्द गराएका छन् । दुर्घटनापछि मृतकका आफन्तजनहरुले शव सडकमा राखेर बाटो बन्द गराएका हुन् । बन्दका कारण प्यूठान जिल्लाबाट बाहिरिने कुनै पनि सवारी साधन चलेका छैनन भने जिल्ला भित्रने यात्रुहरुलाई पनि समस्या परेको छ । आफन्तजनले विमा बाहेकको थप १ लाख रुपैया माग गरेको र यातायात व्यावसायी समितिले थप दश हजार बाहेक दिन नसक्ने जनाएपछि हिजो भएको वार्ता निष्कर्षमा नपुगी टुंगिएको थियो । बाटो खुलाउने विषयमा स्वर्गद्धारी यातायात बस व्यावसायी समिति, स्थानीय प्रशासन र पिडीत पक्षवीच आज पनि वार्ता हुने प्रहरीले जनाएको छ ।
यसैबीच चक्कु प्रहार बाट गम्भीर घाइते भएका कैलालीको बलीया ८ लम्कीका मनोज पाण्डेलाई थप उपचारका लागी काठमाण्डौ ल्याइएको छ ।

हिजो भएको सामान्य विवादमा चक्कु प्रहारबाट घाईते भएका पाण्डेको फोक्सोमा प्वाल परेकाले कोहलपुरमा उपचार संभब नभएको बाहिर लानु परेको घाइतेका बुवा देबिराम पाण्डेले जानकारी दिनुभयो । पाण्डेलाई थीर बहादुर रावलले छुरा प्रहार गरेका थिए । आरोपित रावललाई प्रहरिले नियन्त्रणम लिएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI