Responsive Ad Slot

latest

बल्खुमा कांग्रेस–एमाले छलफल I

Monday, February 6

/ by Admin BHOLA THAPA
काठमान्डौ माघ २३ गते ।
समसामयीक राजनीतिक परिस्थितिमा छलफल गर्न नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको संयुक्त बैठक आज बस्दैछ । बैठक केहिबेरमा एमाले केन्द्रीय कार्यालय मदननगर बल्खुमा बस्ने एमाले सचिब शंकर पोख्रेलले कालिका एफएमलाई जानकारी दिनुभयो ।

शान्ति प्रक्रिया र संविधान लेखनले गति लिन नसकेको अवस्थामा साझा धारणा बनाएर अघि बढ्न दुई प्रमुख प्रतिपक्षी दलले छलफल थालेका हुन् । यसअघि राज्य पुनःसंरचना, शासकीय स्वरुप, निर्बाचन प्रणाली लगायत विषयमा सहमति जुटाएर संविधान लेखनलाई छिटो टुंगोमा पु¥याउन मुख्य तीन दलले दुईपक्षीय र बहुपक्षीय छलफल गर्ने निर्णय गरेका थिए ।

सोही निर्णयका आधारमा हिजो एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसका नेताहरुबीच पनि छलफल भएको थियो । माओवादी जनसत्ताका निर्णयलाई मान्यता दिने सरकारको निर्णय, अवकाश रोजेका माओवादी जनसेनाले पाउने रकममा कमाण्डरको हस्तक्षेप जस्ता विषयलाई लिएर प्रतिपक्षी दलहरुले सरकारको चर्को आलोचना गरेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI