काठमाडौं, फागुन १६ गते ।।
संबिधान निमार्णका बिबादीत बिषयमा समाधान खोज्न केहि बेर अघि संबिधान सभा अन्र्तगतको संबैधानीक समितिको बैठक सुरु भएको छ । फाल्गुन १० गते सम्ममा बिबादीत बिषयमा सहमती कायम गर्नु पर्ने कार्यतालिका रहेपनि बिबाद समाधान उपसमितिले बिबाद मिलाउन नसकेपछि सहमति जुटाउन आज बैठक डाकिएको हो । आजको बैठकमा शिर्स तीनदलका नेताहरुको यस अघि बसेको बैठकले सहमति कायम गरेका बिषयहरुमा छलफल हुने बताईएको छ ।
बिबाद समाधान उपसमितिले संबिधान निमार्ण कार्यतालीका अनुसार फाल्गुन १० गते सम्ममा बिबादीत बिषयमा सहमति गर्न नसकेपछि थप १० दिनको समय थपेको थियो । उपसमितिमा बिबाद नमिलेपछि प्रमुख नेताहरुले शिर्स बैठकमा छलफल गर्दै आएका छन । प्रमुख तीन नेताले शान्ती प्रक्रिया, संबिधान निर्माण र बिभिन्न आयोगहरु गठन गर्ने कुरामा कार्य बिभाजन गरी सुरुगरेको समाधान खोज्ने बिषयमा भएको प्रगतीका बारे पनि आजको समितिको बैठकले छलफल गर्ने जनाईएको छ ।