महोत्सवमा दुई लाख दर्शक चार करोड कारोबार
हरि बहादुर सारुमगर
पाल्पा फागुन १४ गते ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टले मन्त्री भएको तीन महिनामा आफूले तीन वर्षमा गर्न नसकिएको काम गरेर देखाएको दावि गरेका छन् । उनले मन्त्री भएपछि पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा उल्लेख्य काम
गरेको र सुधार ल्याएको बताए ।
पाल्पामा जारी पश्चिमााचल औद्योगिक व्यापार मेला कृषि प्रदर्शनी एवं पर्यटन महोत्सवको समापनमा शनिबार पाल्पामा बोल्दै मन्त्री विष्टले थपे म झण्डा र डण्डा हल्लाउन र जागिर खाने मन्त्री भएको हैन काम गरेर देखाउन
आएको हुँ त्यसैले दिनरात नभनेर खटि रहेको छु । उनले पर्यटन नै देश विकासको मेरुदण्ड भएको बताए । मन्त्रि मगरले तीन वर्षमा गर्न नसक्ने काम गरेर देखाएको उल्लेख गल्र्दै तीन महिना हनिमुन समय भएको र काम गरेर
देखाएको दावी गरे ।
मन्त्रि विष्ट मगरले भ्रमण वर्ष २०११ लाई ८० प्रतिशत सफल बनाएको पनि बताए । लुम्बिनी भ्रमण वर्ष आयोजना गरेको र उड्डयन क्षेत्रमा सुधार गरेको दावी उनले गरे । हरेक वर्ष लाखौं पर्यटक भित्राएर सन् २०२० सम्ममा एक करोड
विदेशी पर्यटक भित्राउने मन्त्री विष्टले बताए । उनले तीन दल र मधेशवादी दलहरु मिलेर संविधानको काम पुरा गर्नैपर्ने वाध्यता रहेकोले त्यसमा दायाँवायाँ कसैले पनि गर्न नहुने बताए ।
विहान बनाएको सरकार दिउसो ढाल्ने र दिउसो बनाएको सरकार बेलुका ढाल्ने खेलले देश विकासमा हैन विनासमा जान्छ
भन्दै मन्त्रि विष्टमगर देशमा स्थायित्वका लागि शान्ति र संविधान पुरा गरेर चुनावमा जानु पर्नेमा जोड दिएका थिए ।
फागुन ५ गतेदेखि साचालन भएको पश्चिमाचल औद्योगिक व्यापार मेला कृषि प्रदर्शनी एवं पर्यटन महोत्सवको दुई लाख दर्शकले अवलोकन गरेको र चार करोडको कारोबार भएको आयोजकले जनाएको छ ।
महोत्सवमा कृषि प्रदर्शनीमा प्रत्यक्ष उँखु पेलेर खुदो तैयार पार्ने गुल्मी थोर्गाको विजि ग्रुप प्रथम भएको थियो । कुटिर उद्योग तर्फ मोनिका फर्निचर उद्योग प्रथम भएर पुरस्कार जितेको छ । उत्कृष्ट उद्योगमा अर्गानिक भान्छाघरले प्रथम स्थान
हासिल गरेको छ । उत्कृष्ट सजावटमा क्याफे दि सितलपाटी भयो । पुरस्कृतलाई पर्यटन मन्त्री लोकेन्द्र विष्टले सम्मान सहित पुरस्कार प्रदान गरेका थिए ।
महोत्सव तानसेन टुडिखेल मैदानमा नौ दिन सम्म चलेको थियो ।