रवि रोषी
दोहा -चितवन युवा समूहमा विभिन्न पदमा आवद्ध रही अविच्छिन्न सेवा प्रदान गर्दै आएका निवर्तमान महासचिव गणेश ढकालको चितवन युवा समूहले विदाई गरेको छ । विगत ८ बर्ष देखि चितवन युवा समूहको विभिन्न पदमा आवद्ध भई सदाको लागि नेपाल फर्किन लागेकाले ढकालले संस्थालाई पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै संस्थाका संरक्षक सागर नेपाल तथा निवर्तमान अध्यक्ष होमनाथ पौडेलले कदर पत्र प्रदान गर्नुको साथै खादा ओढाई विदाई गरिएको थियो । विदाईको क्रममा संरक्षक सागर नेपालले ढकालको स्वदेश फिर्तीले संस्थामा उनको अभाव सधैँ खट्कने बताउँदै जुझारु ढकालले विगत ८ बर्ष देखि संस्थाको हितमा निरन्तर पुर्याउँदै आएको सेवा र सहयोगको चितवन युवा समूहले सधैँ स्मरण गर्ने बताए ।
विदाइको क्रममा पूर्व महासचिव गणेश ढकालले आफुलाई नेपाल जान पाउँदाको खुशी भन्दा पनि कतार छोडेर जानु पर्दाको पिडाले दुखित भएको बताए । चितवनेमा रहेको एकताको भावनामा काम गर्ने बातावरण नेपालमा पक्कै नमिल्ने भएपनि आफुले चितवन युवा समूहका साथीहरुको पहलबाट गर्न लागिएको सामूहिक लगानीको कार्यक्रम लिएर नेपाल जान लागेको खुलासा गरे । नेपालमा रहेपनि चितवन युवा समूहसंग सधैँ सम्पर्कमा रहेर आफुले नेपालको तर्फबाट प्रत्यक्ष भूमिका निर्वाह गर्ने उनले बताए ।