Responsive Ad Slot

latest

ओमान नेपाली एकता समाज केन्द्रिय समिति मस्कटको प्रथम बिस्तारीत बैठक सम्पन्न I

Monday, February 20

/ by Admin BHOLA THAPA
शालीकराम आचार्य
ओमान, मस्कट- १०÷०२÷ २०१२ का दिन ओमान नेपाली एकता समाज केन्द्रिय समिति मस्कटको प्रथम बिस्तारीत बैठक सम्पन्न गरीएकोछ । ओमान नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष सोभाकान्त लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिभिन्न प्रस्तावहरु मा व्यापक छलफल गरी ओमानमा एकता समाजको जिम्मेदारीलाई निर्वाह गर्नु पर्ने तथा तिनओटा एरीया समिती, महिला समिती, सांस्कृतिक परिवार र खेलकुद समिती लगायतको बिशााल जन समुह लाइ अनुशासनको प्रवाहमा डोर्राउ“दै लैजान पाउ“दा आनन्दित जाहिर गर्दै ओमान नेपाली एकता समाजको बिस्तारता लाई नगर समिती तथा क्षेत्रिय समितिमा पुर्राउने प्रर्तीबद्धता गरीयो । बैठकले व्यापक छलफल गरी सदस्यहरुमा फेरबदल तथा निस्कासन गरेकोछ केन्द्रिय सल्लाहकार रमेश राना भाटलाइ एकता समाजमा हुनुप्रने जिम्मेदारी निर्बाहा नगरेको ले निस्कासन गरीएकोछ । केन्द्रिय सदस्य धन बहादुर श्रेष्टलाई अलखोइयर एरीया समितिको जिम्मेदारी दिंदै केन्द्रिय सदस्य


बाट एरीया समितिमा बदल गरिएकोछ ।


बैठकले रिक्त्त स्थानमा सुमन तामाङ्ग तथा छविलाल बस्नेतलाई पुर्ण सदस्यता दिइएकोछ साथै केन्द्रिय सदस्य छविलाल जैसी लाई सदस्य बाट बदल गरि सल्लाहकारमा नियुक्त्त गरीयकोछ ।

बैठकमा संघीयताको विरोध गदै नेपाल जस्तो बहुभाषिक बहुजातीय बहुधार्मिक देशमा संघीयता थोपीयो भने नेपालको नै अस्तित्व लाई खतरा उत्पन्न गर्दैगएकोछ जसको देश विदेशमा विरोध गर्दै आएका राजनितीक पार्टी, संगठन तथा अंर्तराष्ट्रिय संघ संन्थाहरु लाई ओमान नेपाली एकता समाजको ऐक्यबद्धता रहेको जाहिर गरीएकोछ ।




Don't Miss
© all rights reserved
made with by netKUTI