Responsive Ad Slot

latest

जिप दुर्घटनामा तीनको मृत्यु I

Monday, February 20

/ by Admin BHOLA THAPA
गिरुप्रसाद भण्डारी
प्यूठान, फाल्गुन ८ - प्यूठानको बरौलाबाट विजुवारतर्फ आँउदै गरेको लु १ ज १६६२ नं.को जिप दाखाक्वाडी ३ बेलुवामा केहिवेर अघि जिप दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिजुली ३ का लालबहादुर श्रेष्ठ, दाखाक्वाडी ३ का दुर्गा धामी, बरौलाका लाटा भनिने नाम नखुलेकाको मृत्यु भएको छ । घटना १८ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा धुवाङ ३ विमला राना वर्ष ३२, शेरबहादुर राना वर्ष ३५, विजुली ३ का सरला थापा वर्ष ३०, श्रृजना खड्का, हेमन्त विक, विजुली ५ का विष्णु श्रेष्ठ, इन्द्र बोहोरा पकला १, कैलास रावत रस्पुरकोट, सरस्वता पोख्रेल माझकोट ७, राधा श्रेष्ठ विजुली ६, कल्पना नेपाली रम्दी ३, गंगा बस्नेत विजुली ३, माया नेपाली विजयनगर २ र एक जना नाम नखुलेका महिला र २ वटा अन्दाजी २ वर्षका बच्चा घाइते भएका छन् ।

घाइते मध्ये चालक क्याप्टेन भनिने हरिबहादुर शाह, सहचालक हेमन्त विक, नाम नखुलेको १ महिला र शेरबहादुर खड्कालाई जिल्ला अस्पताल विजुवारमा सामान्य उपचारपछि थप उपचारका लागि कोहरपुर रिफर गरिएको जिल्ला अस्पताल विजुवार प्यूठानले जनाएको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरी सहायक निरिक्षक प्रमोद क्षेत्रीले बताए । ईकान्तिपुर

Don't Miss
© all rights reserved
made with by netKUTI