चाँदनी हमाल, चितवन,फागुन १६ - वीरगञ्जबाट फ्रिज लिएर काठमाडौं जाँदै गरेको ट्रक आज बिहान कविलास गाविस ६ सीमलतालस्थित त्रिशुली नदी किनारमा खस्दा चालकको ज्यान गएको छ।
ट्रकका चालक मकवानपुर हटिया ९ का ४० वर्षीय बाबुराम विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
फ्रिज बोकेको ना १ ख ४९०३ नम्बरको ट्रक नियन्त्रण गुमाउन पुग्दा सडकबाट एकसय मिटर तल त्रिशुली किनारमा झरेर दुर्घटनाग्रस्त भएको थियो।
सो ट्रकमा अरु कोही थिए वा थिएनन् भन्ने विषयमा छानविन चलिरहेको प्रहरीले बताएको छ।
नागरिक