एजेन्सी, फागुन ११ गते ।
अर्जेन्टिनामा रेल दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ भने ६ सयभन्दा बढी घाईते भएका छन् । राजधानी ब्युनस आर्यसको व्यस्त रेल स्टेशनमा ब्रेक फेल भएपछि रेल दुर्घटना भएको हो । ओन्से रेलवे स्टेशनबाट छुटेको रेल, स्टेशनकै अर्काे छेउमा गएर ठोकिएको प्रत्यक्षदर्शिहरुले जानकारी दिएका छन् ।
यो दुर्घटना पछिल्लो ४० वर्ष यताकै ठूलो भएको उल्लेख छ । दुर्घटनापछि रेलका डिब्बाहरुमा यात्रुहरु च्यापिएका थिए उनीहरुलाई उद्धार गर्न सुरक्षाकर्मीले घण्टौं प्रयास गरेका थिए ।
गत वर्ष पनि अर्जेन्टिनामा रेल दुर्घटना भएको थियो तर अहिलेको जस्तो ठूलो क्षति त्यो समयमा नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।