Responsive Ad Slot

latest

कम्पनिमै मःम बेचेर विनोदले कमाछन् मासिक २० हजार I

Wednesday, February 22

/ by Admin BHOLA THAPA

पशुपति श्रेष्ठ
http://onlinekhabar.com/wp-content/uploads/2012/02/momo.jpgदोहा -भनिन्छ आफ्नो सिपलाई जहाँ पनि प्रयोगमा ल्याउन सकिन्छ यो विरानो मुलुकमा दिनको दश-बाह्र घण्टा साहुको मेलापात गरेर थकित भई आएर पनि कतारको एक कम्पनिमा एक बर्ष पहिले कतार आएका स्याङग्जा बिनोद कुवँरले भने बिदेशमा धेरै पसिना बगाएर पैसा कमाएका छन्।

उनले दिनहु मःमः बनाएर मासिक पन्ध्र-बिस हजार रुपैया आरामसँग कमाउने गरेका छन्। गत तिन चार महिना पहिले यतिकै होटलमा बनाएको देखा सिखिले सिकेका बिनोदले बनाउदा बनाउदै अहिले कुनै होटलमा मःमःखान जानुपर्दैन। बिहान चार बजे ड्युटिमा गई साझँ पाच बजे कोठामा आएर उनले मः मः बनाउदै आएको उनले बताए । सधै साझँमा बिनोदको कोठामा आफ्नै कम्पनिमा लगाएत अन्य कम्पनिमा काम गर्ने नेपाली, इन्डियन, श्रीलङरकाका ग्राहकको ताति लाग्छ।

पाँच रियलमा छ पिस मःमः उनले दिदै आएको बिनोदले बताए। सधै ड्युटिबाट थकित शरिरले तपाइले कसरी यो काम गर्न सक्नुहुन्छ? प्रश्नमा बिनोद भन्छन्। हामी विदेशमा आको किन हो ? भनि उल्टै प्रश्न गरे हुन त हामी करोडौ नेपाली त्यहि पैसाको लागि लाखौ रुपैया दलाल लाई दिएर विदेश आएका छौ।

जति सक्दो छिटो कमाएर स्वदेश र्फकने चाहाना कस्को छैनर ? यसैमा झापाका बिजय मः मः खान आएका थिए मैले सोधे मःमः कस्तो छ ? बिजय भन्छन। मलाई मःमः असाध्यै मनपर्ने चिज हो नेपालमा गएर कहिले मः मः खानेहोला भनेर सोच्थे तर नेपालको बराबर यहि पनि खान पाउदा साह्रै मिठो छ । उनले भने त्यस्तै इन्डिया बिहारका प्रदिप भन्छन- यो कस्तो चिज रहेछ खै यो त म जिन्दगीमा पहिलो पटक खाएको साह्रै मिठो हुदो रहेछ। सधै ड्युटिबाट आएर एक प्लेट खान्छु उनले भने । मःमः बनाउने बिनोद भन्छन् । अब यो मरुभुमिमा धेरै बस्दिन आफ्नै स्वदेशमा गई सानो तिनो होटल राख्छु म जस्तै धेरै यस्तो सिप भएका साथिहरु सबैले आफ्नै गाउँ घरमा गएर गर्ने हो भने नेपालमै राम्रो कमाई हुन्छ।

तर नेपालको कमाई हामीले देख्दैनौ विदेशमा पैसा जम्मा गरी एकै पटक पठाउदा धेरै देखिने कुरा हो। हामी नेपालमा कमाएको पैसा संघालेर हेर्‍यौ भने यहा कमाएको पैसा बराबर हुन जान्छ । अब छिटै नै नेपालमा गई आफ्नै परिवारको साथमा बसि नेपालमै यो काम गर्ने उनले बताए।
Don't Miss
© all rights reserved
made with by netKUTI