इलाम,फागुन १४ गते ।
संविधान सभाका अध्यक्ष सुवास ्र नेम्वाङले तोकिएको समयमा संविधान नवने दलहरुको अस्तित्वनै सामाप्त हुने चेतावनी दिनुभएको छ । इलाममा आज आयोजीत कार्यक्रममा उहांले दलहरुबीचको बिवाद अन्त्य नभए मूलुकले थेग्न नसक्ने अवस्था आउने दावी गर्नुभयो । सधै शान्ति र संविधानको पक्षमा आशावादी कुरा गर्ने अध्यक्ष नेवाङले यस पटक भने दलहरुबीचको मतभेद समाधान नभए मूलुकको भविष्य थप अन्योलग्रस्त हुने वताउनुभएको हो ।
उहाँले तोकिएको समयमा संविधान निमार्ण गर्नको लागी दलहरुलाई दिवाव दिनुपर्ने उहाँको भनाई थियो । कुनै एक जाति वा भाषा नभई कसैको पनि चित्त नदुख्ने गरी राज्य पुनर्संरचना गर्नुपर्ने उहाँको तर्क थियो ।