काठमाडौ,
फागुन ११ गते ।
नेपाली काग्रेसका सभापति शुसिल कोईराला र माओबादीका अध्यक्ष प्रचण्डबिच संबिधान निर्माण कार्यलाई निष्कर्षमा पु¥याउन सकारात्मक ढंगले अगाडी बढ्ने सहमति भएको छ । कोइराला निवास महाराजगञ्जमा भएको छलफलमा संविधानका विषयबस्तुमा देखिएका विवाद र शान्ति प्रक्रियाका बिषयलाई गम्भीर र जिम्मेवार भएर समाधान गर्न सहमति भएको हो ।
छलफलमा प्रचण्डले सेना समायोजनबारे सेनाले दिएको सुझावलाई सकारात्मक तरिकाले लिएको भन्दै थप छलफल गर्न माओवादी तयार रहेको बताउनुभएको थियो ।
कोइरालाले पनि काग्रेस शान्ति र संविधानलाई निश्कर्षमा पु¥याउन छलफल गर्न तयार रहेको उल्लेख गर्नुभएको स्रोतले जनाएको छ ।
छलफलमा राष्ट्रिय संयुक्त सरकार गठनका बिषयमा पनि कुराकानी भएको बताइएको छ ।