Responsive Ad Slot

latest

वाग्लुङ्गमा गाई काटेको आरोपमा तीनजना पक्राउ I

Saturday, February 18

/ by Admin BHOLA THAPA

वाग्लुङ फागुन ६ गते ।
वाग्लुङ्गमा गाई काटेको आरोपमा तीनजना पक्राउ परेका छन् । राष्ट्रिय जनावर गाई काटेको भन्दै प्रहरीले जिल्लाको ग्वालीचौरबाट उनीहरुलाई पक्रेको हो । गाई काटेर खान दिने ग्वालीचौर ८ का ५६ बर्षिय तुलसीराम घिमिरे, गाई काटेर खाने स्थानीय २८ बर्षिय रुक्मागत घिमिरे र ३६ बर्षिय छविलाल बुढा पक्राउ परेका हुन् ।

पक्राउ परेका तिनै जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङमा राखिएको छ । गत माघ १९ गते गाई काटेर खाएको भन्दै स्थानीय लालु उपाध्यायले प्रहरी चौकीमा निवेदन दिएपछि हिजो उनीहरुलाई पक्राउ गरिएको खड्काले बताउनुयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI