कठमान्डौ फागुन ३ गते ।
नेकपा एमालेको केन्द्रिय समिति बैठकमा अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन पेश भएको छ । आज पार्टी मुख्यालयमा बसेको बैठकमा अध्यक्ष झलनाथ खनालले राष्ट्रिय प्रतिनिधि परिषदको भेलामा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन पेश गर्नु भएको हो । खनालको प्रतिवेदनमा वर्तमान सरकार असफल भएको ठहर गर्दै राष्ट्रिय सरकार गठनमा जोड दिइएको छ । खनालको प्रतिवेदनमाथि भोलीबाट केन्द्रिय समितिमा छलफल हुनेछ ।
