Responsive Ad Slot

latest

सर्बोच्चको पुर्णपाठ तयार नहुदा गुप्ता कारवाहीमा ढिलाई I

Thursday, February 23

/ by Admin BHOLA THAPA

काठमाण्डौ, 
फागुन ११ गते ।
भ्रष्टाचारको अभियोगमा तीन दिन अघि डिल्लीबजार कारागारमा लगिएका पुर्ब मन्त्री जयप्रकास प्रसाद गुप्ताको सर्बोच्चले पुर्ण पाठ तयार नगरे सम्म बिगो असुल्ने र जरीमान असुल गर्ने काम अगाडी नबढाईने भएको छ । मंगरबार साँझ सर्बोच्चका न्यायाधिस द्वय सुशिला कार्की र तर्कराज भट्टको ईजलासले गरेको फैसलाले गुप्ता संग ८४ लाख ९ हजार ९ सय २८ रपैया जरीवाना र सोही बराबर बिगो असुल गर्न निर्देशन दिएको थियो ।

तर, सर्बोच्चले त्यसको पुर्ण पाठ तयार गरीसकेको छैन । सुरु देखि नै गुप्तको मुद्धा हेर्दै आउनु भएका अधिबत्ता पर्शुराम कोईरालाले मंगलबार नै फैसलापछि थुनुवा पुर्जी दिएको र जेल पठाएकाले तत्काल गुप्तालाई जिल्ला अदालत नलगिने जानकारी दिनुभयो । उहांका अनुसार जेल सजाय रहेको मिति भित्र जरीवाना तिर्न सक्ने अवस्था रहेकाले तत्कालै गुप्ताले अदालतले तोकेकको जरीवाना तिर्न आवस्यक नरहेको बताउनु भयो । जरीवाना भन्दा पहिले बिगो असुल गर्नु पर्ने र त्यो पनि सर्बोच्चले फैसलाको पुर्णपाठ तयार गरी बिगो असुल्न जिल्ला अदालतलाई बुझाएपछि मात्रै कार्य अघिबढ्ने अधिबत्ता कोईरालाले जानकारी दिनुभयो ।


यसै बिच गणतान्त्रीक फोरमको केन्द्रिय समितिको बैठक आज बस्दै । दिउँसो दुई पार्टी कार्यालयमा बस्ने बैठकमा गुप्तालाई पार्टिको अध्यक्षबाट हटाउने कि नहटाउने भन्ने बारेमा छलफल हुने पाटीको कार्य विभाजनका र आगामी रण नीतिका बारेमा छलफल हुने नेता राजलाल यादबले जानकारी दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI