काठमान्डौ माघ २६ गते ।
एकीकृत नेकपा माओवादीमा फेरि विवाद सुरु भएको छ । युद्धकालमा जनसत्ताले गरेका घर जग्गा कारोवार निर्णयलाई वैधानिकता दिने निर्णय सरकारले फिर्ता लिएपछि संस्थापन पक्ष र वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण पक्षबीच विवाद सुरु भएको हो ।
सरकारले निर्णउ फिर्ता लिएपछि आज बसेको स्थायी समिति बैठकमा वैद्य पक्षले निर्णय फिर्ता लिएकोमा कडा आपत्ति जनाएको छ ।बैठकमा वैद्य पक्षले प्रधानमन्त्री डाक्टर बाबुराम भटराईको राजिनामाको मागलाई चर्काेउने संकेत गरेको छ । प्रचण्ड निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकपछि माओवादी सचिव सीपी गजुरेलले सरकारको कदम पार्टीको निर्णय विपरित भएको र यसले सामन्ती प्रवृत्तिलाई बढावा दिएको आरोप लगाउनुभयो ।
सरकारको निर्णय प्रति कडा आपत्ति जनाउँदै गजुरेलले अब सरकारको विकल्प खोज्ने चेतावनी दिनुभयो । बैठकमा सरकारको विकल्पबारे पनि छलफल भएको उहाँले बताउनुभयो ।