Responsive Ad Slot

latest

काभ्रेको बनेपामा आजबाट मध्यमाञ्चल महोत्सव सुरु I

Friday, February 17

/ by Admin BHOLA THAPA
अशोक महत, काभ्रे, फागुन ५
‘सम्भावना पहिचान हाम्रो उद्देश्य, बढाऔ“ लगानी बनाऔ“ भविष्य’ भन्ने नाराका साथ आज (शुक्रवार)बाट मध्यमाञ्चल महोत्सव सुरु भएको छ । 

काभ्रे उद्योेग वाणिँज्य सङ्घको मुख्य आयोजना तथा जिल्ला विकास समिति काभ्रे, पनौती, बनेपा र धुलिखेल नगरपालिका,जिल्ला कृषि विकाश कार्यालय, जिल्ला पशु सेवा कार्यालयले संयुक्त रुपमा आयोजना गरेका हुन्। यही फागुन १४ गतेसम्म चल्ने महोत्सवको औपचारिक उद्धघाटन भने भोलि विहान राष्ट्रपति डा. रामवरण यादवले गर्नुहुने कार्यक्रम रहेको आयोजकले बताएको छ ।
१० दिनसम्म चल्ने महोत्सवको २ लाख आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । कृषि उपजका सामग्री, सूचना प्रविधि, पशुसेवा, खाद्यान्न लगायत १ सय ७५ वटा स्टल रहने र महोत्सव अवधिभर ३ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ।

महोत्सवलाई अझ रोचक बनाउन स्थानीय तथा राीष्ट्रय स्तरका ख्यातीप्राप्त गायक तथा हाँस्य कलाकारहरुको बेजोड प्रस्तुति, फुड फेस्टिबल, विभिन्न सांस्कृतिक कार्यक्रम, वाल उद्यान लगायतका विविध मनोरन्जनात्मक कार्यक्रमहरु रहनेछन्। महोत्सवमा अवधिभर कुनै पनि अप्रिय घटना वा दुर्घटना हुन नदिन महोत्सव स्थलमा चौबिसै घण्टा उच्च सुरक्षा सतर्कता अपनाईएको आयोजकले जनाएको छ।
महोत्सवमा कृषि, व्यापार, पर्यटन, घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि जिल्लामा लगानी भित्रयाउने विषयमा छलफल समेत हुने महोत्सव प्रचारप्रसार संयोजक प्रकाश मानन्धरले जानकारी दिनुभयो।सिन्धुली दर्पण
Don't Miss
© all rights reserved
made with by netKUTI