प्रेम स्याङतान तामाङ
दोहा कतार
समाजसेवी दिलकिरण खाजुमले समाजमा भएका उत्पीड्न छुवाछुत जस्ता अमानविय कार्यहरु ह्टाउनु पर्ने धारण राख्दै समाज सेवको यात्रा शुरु गर्दा देखि नै यस्ता अमानविय विभेद विरुद्ध लाग्दै आएका बताए । तपाईहरुको संस्थाको नेपालमा पनि खाँचो रहेको औल्याउँदै समाजमा रहेको विभेदको अन्त्यको लागि प्रवासवाट सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । त्यसैगरी नेपाल प्रवासी आदीवासी जनजाती महांसंघका अध्यक्ष मान बहादुर साँवा लिम्वुले मुलुकी ऐनमा समेत जातीय भेदभाव हटाई सकेको अवस्थामा अहिले सम्म आईपुग्दा पनि हाम्रो समाजमा जातीय भेदभावको समस्या जस्ताको तस्तै रहेका छ । समाज बदलेको छैन् । आफ्नो पहिचान तथा जातित्व लुकाउन नहुने बताउँदै हक, अधिकारको लागि अगाडी बढ्नुपर्ने बताए । एनआरएनए आईसीसीका सदस्य डा. अजिजुर रहमान शेषले यस संस्थाले राम्रो काम गरेको बताउँदै मानव मानवविच जातीय भेदभाव राम्रो होईन् । वुद्धिजिवी तथा समाजसेवी शेर वहादुर परियाले नेपाल प्रवास जातिय भेदभाव उन्मुलन साझा मञ्चले पिछडीएका दलित जातीहरुलाई सामाजिक,आर्थिक तथा राजनैतिक रुपमा रुपान्तरण गर्नका लागि आवश्क रहेका बताए ।अव पनि उत्पीडन्,दलित समुदायको हक,अधिकारको कुराहरु संविधानमा उल्लेख गर्नुपर्न बताए । राज्यले जहिले पनि पछाडी पार्दे आएका दलित जातीहरुलाई अवका दिनहरुमा प्राथमिकता दिनुपर्ने बताए । नत्रभने समाज विष्फोट तिर धकेल्न सक्नेछ ।
विशेषअथिति एनआरएनए आईसीसीका सचिव टि.वि कार्कीले शिक्षा स्वास्थ्यको कमीले गर्दा नै छुवाछुत भेदभावजस्तो अझै पनि हाम्रो समाजवाट फाल्न नसकेको बताए। प्रमुख अतिथि एनआरएनएनसीसीका अध्यक्ष अमृत गुरुङ्गले विभेदको अन्त्यको लागि प्रवासबाट पनि साझा मञ्चले नेपालको प्रत्येक गाउँ गाउँमा हलचल मचाउनु पर्ने धारण राखे । यो संस्थाले उत्पीडन् दलित थिचोमिचो वर्गमा परेकाहरुको हितको लागि मात्र उपयोगिता होस भन्ने कामना गरे । त्यसैगरी सहसंयोजक गणेश परियारद्धारा नेपाल प्रवास जातिय भेदभाव उन्मुलन साझा मञ्चको वारेमा केही कुराहरु राखेका थिए । समानता, विभेद र समाजभित्रको रहेका अन्र्तद्धन्द्धलाई समाप्त पर्दे समाजमा परिवर्तनका लागि यो संस्था खोलिएको हो । दलित तथा गैर दलित विच अन्र्तद्धन्द्ध खोजिएको होईन् । नेपाली समाज भित्र अझै रहेका अमानविय ब्यवहार, विभेद जस्ता कुराहरुलाई हटाउनको लागि खोजिएको हो । आर्थिक प्रतिवेदन गोप सुनारले प्रस्तुत गरिएको थियो भने संगठनिक प्रतिवेदन चन्द्र वि.कले प्रस्तुत गरिएको थियो । कार्यक्रमका सभापति भिम सुनारले कार्यक्रमा उपस्थित सम्पूर्ण अथितिहरुलाई धन्यवाद दिंदै कार्यक्रम समापन गरिएको थियो । कार्यक्रम साझा मञ्चका महासचिव चन्द्र वि.कले संचालन गरिएको थियो ।