सन्तकुमार चौधरी
चितवन, फागुन ४ -पूर्वी चितवनको चैनपुर गाविस वडा नं. ९ अन्तर्गत कयरखोलाको पूलमूनि फालिएको कुखुराको विषयमा जिल्ला पशूसेवा कार्यालयका प्राविधिक टोलीले अनुगमन गरेको छ । आज विहान पशुसेवा कार्यालयका प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको हो । दुईसय भन्दा धेरै वेवारिसे अवस्थामा मरेका कुखुरा कयरखोलाको पूल तल वेवारिसे अवस्थामा भेटिएको थियो । वड्फुल लागेर मरेको हुन सक्ने आशंकामा स्थानीयले दवाव दिएपछि जिल्ला पशुसेवा कार्यालयको टोलीले निरीक्षण गरेको हो । निरीक्षण पछि परिक्षणका लागि टोलीले नमुना समेत संकलन छ ।
स्थानीयवासीका अनुसार स्थानीय व्यवसायीले पालेका करिव २ सय वटा मरेका कुखुरा पुलमूनि भेटिएका छन । चैनपुर ९ कयर खोलामा निर्माणाधिन अवस्था रहेको पुल मुनि फालिएको अवस्थामा ति कुखुरा भेटिएको स्थानियबासीले जानकारी दिएका छन । राती अवेरतिर फालिएको कुखुरा विहान कुकुरले खा“दै गाँउतिर लगेपछि मात्र स्थानियवासीले थाहा पाएका थिए ।
वरिष्ठ पशु बिकास अधिकृत डा. विष्णुकुमार श्रेष्ठले सामान्य प्रकारको रोगले मरेका केही कुखुरा फालिएको जानकारी दिनुभयो । गाउ“लले वड्फ्लु हुनसक्ने भन्दै प्रशासनलाई खवर गरेपनि वेवास्ता गरिएकोमा आक्रोश पोखेका थिए । पशु सेवा कार्यालयले ति कुखुरा वडफ्लुका कारण नमरेको दावी गरेको छ । पूर्वी नेपालमा वर्डफ्लु पुष्टि भएको केही दिनमै चितवनमा मरेका कुखुरा भेटिनुले गम्भीर अनुसन्धान गर्नुपर्ने देखाएको छ ।
गत वर्ष पनि चैनपुरको कुनाघारीमा वडफ्लूको आंंशकामा जिल्ला पशु सेवा कार्यालयले झण्डै २ सय घरपालुवा कुखुरा नष्ट गरेको थियो । गतवर्ष चैनपूरको कुनाघारीमा मरेको कुखुरामा वड्फुल भएको पृष्ठी भएपनि पशुसेवा कार्यालयले सुचना दिन दिन चाहेन् ।