फागुन १५- कतार विश्वकै धनी देश बनेको छ । प्रतिष्ठित अमेरिकी पत्रिका फोब्र्सले निकालेको नयाँ सूचीमा खाडी राष्ट्र कतार विश्वका धनी देशमध्ये शीर्ष स्थानमा परेको हो ।
१७ लाख जनसंख्या रहेको कतारलाई क्रय शक्तिका आधारमा धनी राष्ट्रका रुपमा उल्लेख गरिएको फोब्र्सले जनाएको छ । कतारको प्रतिव्यक्ति वार्षिक कुल गाहस्थ्र्य उत्पादन (जीडीपी) ८८ हजार अमेरिकी डलर छ । प्राकृतिक ग्यास भण्डार र तेलको बढ्दो मूल्यका आधारमा कतारमा कुल गाहस्थ्र्य उत्पादन बढ्दै गएको पत्रिकाले उल्लेख गरेको छ ।
यस्तै ८१ हजार डलर जीडीपी रहेको लग्जेम्बर्ग दोश्रो र ५६ हजार ७ सय डलर सहित सिंगापुर तेश्रो स्थानमा रहेका छन् ।
१ सय ८२ देशको आर्थिक स्थिती तुलना गरी निकालिएको सूचीमा नर्वे चौथो, ब्रुनाई पाँचौ, युएई छैटौं, अमेरिका सातौं, हङ्गकङ्ग आठौं, स्विट्जरल्याण्ड नवौं र नेदरल्याण्डस् दशौं स्थानमा छन् ।