Responsive Ad Slot

latest

नेपाली सेनाबाट पृतनापतिहरुको भेला आहृवान I

Thursday, February 23

/ by Admin BHOLA THAPA

काठमान्डौ फागुन ११ गते ।
 मुख्यालयले अघि सारेको समायोजन प्रस्तावको प्रतिपक्षी दलहरुबाट विरोध भइरहेका बेला नेपाली सेनाले पृतनापतिहरुको भेला डाकेको छ ।
महृयाहृन १२ बजेपछि भद्रकालीस्थित जंगीअड्डामा हुने भेलामा नेपाली सेनाका पाँचवटै विकास क्षेत्रमा रहेका पृतनापतिहरुको सहभागिता रहने छ । दुईदिने भेला शुक्रबार सकिने छ । भेलाको सुरुआतमा पाँचवटै पृतनापतिहरुले आफू मातहतका युनिटहरुले गरेका विकास निर्माण तथा दैवी प्रकोप नियन्त्रणमा पुर्‍याएको सहयोगका सम्बन्धमा रिपोर्टिङ गर्ने मुख्यालयले जनाएको छ ।
यस्तै भेलामा जंगी अड्डाले अघि सारेको समायोजन प्रस्ताव र त्यसबारे भइरहेका सार्वजनिक टिप्पणीहरुका विषयमा पनि विचार विमर्श हुने मुख्यालय स्रोतले बतायो । विपक्षी काँग्रेस र एमालेले सेनाले माओवादी प्रभावमा परेर समायोजन प्रस्ताव ल्याएको सेनाले समायोजन प्रस्ताव ल्याएको आरोप लगाउँदै आएका छन् । सेनाले रक्षामन्त्रालयको निर्देशनमा समायोजनसम्बन्धी सुझावसहितको अवधारणा गत माघ २९ मा सेना समायोजन विशेष समितिका संयोजकसमेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुझाएको थियो । नेपाली सेनाले हरेक वर्ष शिवरात्रि पर्वको केही दिनपछि पृतनापतिहरुको भेला बोलाउने गरेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI