Responsive Ad Slot

latest

एमाले मिलुङको अधिवेशन सम्पन्न I

Sunday, February 5

/ by Admin BHOLA THAPA

तनहुँ (मिर्लुङ) माघ २२ गते ।
एमाले मिर्लुङ गाउँ कमिटीको सातौं अधिवेशन आइतवार मिलुङमा सम्पन्न भएको छ । एमाले जिल्ला सचिव विद्या ढकालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले पर्शुराम गिरीको अध्यक्षतामा गाउँ कमिटी गठन गरेको छ । 

कमिटीको उपाध्यक्ष हरिचन्द्र अधिकारी, सचिव मदन थापा,उपसचिव पदमवहादुर अधिकारी र सदस्यहरुमा कृष्णवहादुर थापा,डम्वरवहादुर अधिकारी,सुर्यकला घर्ति,सुर्य वहादुर थापा र विष्णुमाया अधिकारी रहनुभएको छ । अधिवेशनमा जिल्ला सदस्य हरेराम थापा, क्षेत्रिय अध्यक्ष रिशि पन्त लगाएतले शुभकामना दिनुभएको थियो । एमालेको जनपरिचालन अभियान अन्तर्गत गाउँ गाउँमा कार्यक्रमहरु भैरहेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI