एजेन्सि, ८ फागुन ।
चीनको उत्तरी प्रान्त सान्झीमा रहेको एक कोइला खानीको छानो भत्किँदा सात व्यक्तिको मृत्युभएको चीनिया अधिकारीहरुले जनाएका छन् । उक्त दुर्घटना लिनफेन सहरको पुसिआन ग्रामीण इलाकामा अवस्थित बेइयु कोइला खानीमा भएको थियो । उद्धारकर्ताहरुले च्यापिएका शवहरु बाहिर निकालेको सरकारले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । दुर्घटनाको कारणका बारेमा अनुसन्धान भईरहेको छ ।