तिलविक्रम थेवे,
कतार फाल्गुन ५ - नेपाली जनप्रगतिशील मञ्चले दुतावासमा खड्केको आवश्यक कर्मचारी थपको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो । मंचका अध्यक्ष रमेश भट्टको नेतृत्वमा दुतावासमा गएको एक प्रतिनिधी मण्डलले पत्रकारहरुको उपस्थितीमा महामहिम राजदुत डा. सुर्यनाथ मिश्रलाई भेटी उहाँको कार्यकक्षमा सो ज्ञापन पत्र बुझाएको थियो । नेपाली दुतावासले लागु गरेको मागपत्र, रोजगार सम्झौता पत्रमा प्रमाणीकरण गर्ने व्यवस्था बैज्ञानिक र बस्तुवादी भएको र यसलाई निरन्तरता दिदैं सेवाभावमा समेत सहज, सरल र चुस्त सेवा दिन कर्मचारीको अभाव भएको र नेपाल सरकारलाई दुतावासको लागि तत्काल दुईजना कर्मचारीको दरबन्दी माग गरीसकेपछि पनि अझैसम्म कर्मचारीको व्यवस्था गर्नेकाममा परराष्ट्र मन्त्रालयले विलम्ब गरीराखेकोले कामको चापलाई व्यवस्थित र सहज बनाउन अप्ठयारो परिरहेको स्थितिमा नेपाल सरकारले तुरुन्त कर्मचारी दरबन्दीको व्यवस्था गर्नुपर्ने भन्दै मञ्चले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै अगाडी भनिएको छ “वर्तमान अवस्थामा दुतावासले लागु गरेको व्यवस्था अनुसार नेपाली दुतावासबाट नै श्रम सम्झौता प्रमाणीकरण गरि आउदा रोजगारीको सिलसिलामा कतार आउने नेपाली कामदारहरु ठगिने तथा अलपत्र पर्ने क्रमको अन्त्य हुनुका साथै रोजगारदाता कम्पनीहरु नै स्वयं दुतावासमा प्रमाणीकरणको लागि आउने हुँदा दुतावास र रोजगारदाता कम्पनीवीच सुमधुर सम्बन्धको विकास हुनुका साथै नेपाली कामदारहरु विचल्ली पर्ने क्रमको अन्त्य हुनेछ भने कुनै समस्याहरु आउदा कानुनी समाधान खोज्नको लागि सहज हुनेछ ।
नेपाली दुतावासले पछिल्लो समय लागु गरेको व्यवस्थाको जतिसुकै समस्या परेपनि दुतावास जान नचाहने नेपालीहरुको मानसिकतामा पुर्ण रुपमा परिवर्तन आई अन्र्तराष्ट्रिय रुपमा समेत नेपाली नियोग र नेपाली समुदाय प्रतिको सोचाइमा सकारात्मक परिवर्तन समेत आएको छ । नेपाली दुतावासले नया कामदारहरुको भिसामा गर्न थालेको श्रम सम्झौताको प्रमाणिकरणले कतारमा रहेका नेपाली श्रमजीवि मजदुरहरुलाई मात्रै नभएर सिंगो राष्ट्रको लागि आउने राजश्वमा समेत उल्लेख्य बृद्धि हुनुका साथै नेपाली दुतावास कतारले लागु गरेको व्यवस्थालाई कतारस्थित अन्य देशका दुतावासहरुले समेत लागु गरेको÷गर्न थालेकोमा हामीले गौरवान्वित महसुस गरेका छौ ।
तर नेपाली दुतावासले लागु गरेको व्यवस्था बैज्ञानिक र बस्तुवादी हुदाहुदै पनि आवश्यक जनशक्तिको अभावमा कामलाई व्यवस्थित र परिणाममुखी बनाउन सकिराखेको छैन । आवश्यक जनशक्तिको लागि नेपाली दुतावासले नेपाल सरकारलाई पटकपटक अनुरोध गरेपनि आधिकारिक निकायले वेवास्ता गरिदिदा हामी अचम्मित भएका छौ ।
बैदेशिक रोजगारीले बर्तमान संक्रमणकालीन अर्थतन्त्रलाई महत्वपूर्ण भुमिका निर्वाह गरेको यर्थाथतालाई नजरअन्दाज गर्दै यो क्षेत्रको समस्याको उचीत सम्वोधनका लागि राज्य उदासिन हुनु सोचनीय प्रश्न रहेको छ नेपाली दुतावासले गरेको व्यवस्था आफैमा राम्रो भएको कारण कतारमा रहेका नेपाली संघसंस्थाहरुले खुलेर प्रसंशा गर्दै जनशक्ति अभावका कारण सेवाग्राहीलाई पर्न गएको असुबिधा प्रति सहानुभुती राख्दै नेपाल सरकारवाट जनशक्ति थप नहुन्जेल सम्मका लागि उक्त कार्यले निरन्तरता पाओस् भन्नका खातिर नेपाल राष्ट्र र नेपालीको इज्जत र सम्मानलाई ख्याल राख्दै चन्दा संकलन गरि ६ महिनाको लागि २ जना स्थानीय कर्मचारी नियुक्तिको पहल थालेको छ । तर यो प्रक्रिया केही समयको लागि मात्रै भएकोले नेपाल सरकारले नै आवश्यक कर्मचारीको व्यवस्था गर्नु अत्यन्त जरुरी भएको छ ।”
नेपाली जनप्रगतिशील मञ्च, कतारले तत्कालीन सरकारलाई २०६५ सालमा “प्रवासी नेपालीहरुको समस्या सम्वन्धी प्रतिवेदन ” साथै २०६८ सालमा “बैदेशिक रोजगारीमा देखिएको समस्या सम्वन्धी प्रतिवेदन” पेश गरेको कुराको ज्ञापनपत्रमा उल्लेख गर्दै बिभिन्न समयमा कतारमा आउनु भएका तत्कालीन श्रम मन्त्रीहरु रमेश लेखक, लेखराज भट्ट, मो। अफताव आलम, मो। इस्तियाक राई, तत्कालीन परराष्ट्रमन्त्री सुजाता कोइराला, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल लगायत संयुक्त राष्ट्रसंघको महासभालाई सम्वोधन गरी नेपाल फर्कने क्रममा कतारमा नेपाली दुतावासले आयोजना गरेको भेटघाट कार्यक्रमको अवसरमा समेत नेपाली जनप्रगतिशील मञ्च, कतार तथा अन्य संघ संस्थाका प्रतिनिधीहरुले प्रधानमन्त्री डा. वावुराम भट्टराईलाई भेटी कतारमा रहेका नेपाली श्रमिक कामदारह्रको अवस्था बैदेशिक रोजगारीलाई कसरी सुरक्षित एबं मर्यादित गराउने बारेको जानकारी दिएको र ज्ञापनपत्रहरु समेत बुझाएको स्मरण गराउदै सरकार प्रमुखको हैसियतले आफु गम्भिर रहेको र बैदेशिक रोजगारीका क्षेत्रमा देखिएको समस्याहरुको समधानका लागि तत्काल कार्य थाल्ने आश्वासन दिदै सोही अनुरुप नेपाली कामदारहरुको श्रम सम्झौता तथा भिसा अनिवार्य रुपमा नेपाली नियोगवाट प्रमाणिकरण गराउनु पर्ने र सोही अनुसार प्रमाणिकरण भए पछि मात्र श्रम बिभागवाट अन्तिम श्रम स्वीकृति लिएर मात्र उडान गर्न सक्ने व्यवस्थाको तुरुन्त कार्यान्वयन गरेको कुराको कदमको कतारमा कार्यरत श्रमजीबि मजदुरहरुले स्वागत गरेको कुरा समेत उल्लेख गरिएको छ ।
प्रतिनिधी मण्डलमा मञ्चका सल्लाहकार संयोजक होमनाथ शर्मा, उपाध्यक्ष मानबहादुर पुन, श्रीकृष्ण भट्टाराई, सचिव बुद्धिराज परियार, सल्लाहकार सदस्य रामु बस्याल, सचिवालय सदस्य विजय सुन्दास लगायतको सहभागिता रहेको थियो । सो अवसरमा राजधानी साप्ताहिक, कान्तिपुर सप्ताहिक, क्रान्तिकारी पत्रकार संघ तथा ऐक्यवद्धता मासिकका पत्रकारहरु लगायतका उपस्थिति रहेको थियो ।डिसी नेपाल बाट