अमृत सुबेदी
पोखरा फागुन १४ गते ।
पृथ्वीराजमार्ग वस सञ्चालक समितिले आज पृथ्वीराजमार्गमा १ घण्टा गाडी आवतजावत ठप्प पारेको छ । गोर्खा यातायात ब्यवसायी राष्ट्रिय संहासंघले गोर्खा जिल्लामा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका गाडी चल्न नदिने निर्णय विरुद्ध आइतवार विहान ९ देखि १० वजे सम्म पृथ्वी राजमार्गमा गाडी चल्न नदिएका हुन् ।
पृथ्वीको गाडी चल्न नदिने गोर्खाको निणर्यलाई गोर्खाको स्थानीय प्रसासनले संरक्षण गरेको छ । पृथ्वी राजमार्ग वस सञ्चालक समितिका अध्यक्ष वलराम लामिछानेले भने– गोर्खामा हाम्रा मजदुरलाई पिट्ने, यातना दिने गरेकाले पनि विरोध स्वरुप आन्दोलन गरेका हौं ।
साथै आज दिउँसो यसै सम्वन्धमा जानकारी तथा ध्यानाकर्षण गराउन पृथ्वी वस सञ्चालक समितिको एक टोली क्षेत्रीय प्रशासकको कार्यालय जाने कार्यक्रम रहेको अध्यक्ष लामिछानेले जानकारी दिए । गोर्खा यातायात ब्यवसायी राष्ट्रिय महासंघले तत्काल निणर्य फिर्ता लिएर कानुनको पालन गर्न पृथ्वीराजमार्ग वस सञ्चालक समितिले आग्रह पनि गरेको छ ।
गोर्खाको यो निर्णय फिर्ता नभए हामी अन्य आन्दोलनका कार्यक्रम तय गर्नेछौं ।अध्यक्ष लामिछानेले भने– गार्खाको निर्णयको विरोधमा हाम्रा समितिका साथीहरुले पुनरावेदन अदालतमा मुद्धा दायर गरेका छन् त्यसको फैसला अदालतले पनि गर्छ ।
अव पनि गोर्खा जिल्लामा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका गाडी चलाउन अवरोध गरे देशब्यापी आन्दोलनका कार्यक्रम गर्ने समितिका सचिव प्रेम पौडेलले वताए ।