काठमान्डौ,
फागुन १३ गते ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा ४ रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो । मूल्य वृद्धि सँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैयाँ, मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर८५ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर १०९ रुपैयाँ पुगेको छ । कर्णाली अञ्चलमा उडान भर्ने जहाजका हकमा भने यो मूल्य नलाग्ने निगमको भनाइ छ । निगमको घाटा कम गर्नका लागि मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।