Responsive Ad Slot

latest

थरिथरि मान्छेका थरीथरी ‘विस’ I

Sunday, February 12

/ by Admin BHOLA THAPA

–चर्चित ढुंगेल
‘भ्यालेण्टाइन बुढा’ चिप्लेर गएको बर्षौ“ भइसक्यो तर अरबौ“ ढुकढुकीमा उनको नाम ‘फोर्टिन फेब्रुअरी’मा ‘भ्यालेण्टाइन डे’ भएर धड्किरहेको छ । मेक्सिकोकी लोलितादेखि हाम्रै सिकसिको लाग्ने गाउ“की ललितासम्मलाई ‘भ्यालेण्टाइन डे’को खसोखास महत्व छ । सा“च्चै भनेको, लण्डनको ‘ह्यारी’ र मण्डिखाटारकी ‘माइली’लाई यही दिनले छपक्कै छोप्छ । अरु त अरु, घरकी नारीलाई एउटा साडीमा चित्त बुझाएर खाडी देशा“ सुख र सपना खोज्न आएका लाखौ“ हृदयहरु मरुभूमिको तातो वालुवामा मायाको पालुवा पलाएको अनुभव यही दिनमा गर्छन् । मेरा केही कतार आएका ‘गोरु बेचेको साइनो’का साथीहरुले आÏनी ‘गाला फ्रेण्ड’लाई ‘भ्यालेण्टाइन डे’मा यसरी सम्झिए ः

मेरी ‘ताबुक’, मैले तिमीलाई ‘वेयरहाउस’मा छोडेर आएदेखि बिछोडको ‘ह्वाइट डेकोर’ आङ्गभरि टा“सेर ‘जिप्सम बोर्ड’ ओडेर बसेकी हौली । तर ‘सिमेन्ट’ले ‘रम्मल’ समाएजस्तै भएर तिमी मेरो हृदयको ‘सेÏटी ट्यांकी’मा बसेकी छौ । तिम्रो मायामा मेरो हृदय ‘कटिङ्ग ह्वील’ र ‘मिक्चर’ झै“ घुमिराछ । मलाई थाहा छ, तिम्रो हृदय पनि मेरो मायामा ‘मुरब्बा’ भएको होला । यो ‘भ्यालेण्टाइन डे’मा तिमीलाई ‘स्टोर’बाट ‘क्रेनटावर’ले सामान ‘रुफ’मा लगेजस्तै मैले ‘अठार चक्के ट्रेइलर’मा तिमीलाई खाएर खाइनसकिने ‘खब्बुस’ र ‘खजुर’ पठाएको छु ।
–हड्डिबहादुर हैरान
‘मेकानिकल हेल्पर’
अल हाडछाला कम्पनि डब्ल्यु एल एल
‘डेकोरेसन’ ‘राउण्डबाउट’, दोहा

०००
मेरी ‘ल्याण्डक्रुजर’, मैले तिम्रो ‘सर्भिसिङ्ग’ गर्न नपाएको बर्षौ“ भयो । नढा“टी भन्छु, म तिम्रो याद लिएर हप्तैपिच्छे ‘फाइभ थाउजेण्ड किलोमिटर’ दगुर्छु । तिमीले पनि ‘वेल फिल्टर’ र ‘वेल’ चेञ्ज नगरेको लामो समय भइसक्यो होला । म ‘फोर्कलिÏट’मा चढेर आउने कल्पनामा तिम्रा दिन बित्छन् होला । हेर, मैले तिमीलाई नसम्झि आएका दिनदेखि न ‘थ्रि टन पिकअप’ ‘स्टार्ट’ गरेको छु न त ‘निसान टिडा’ धोएको छु । हरेक बर्ष तिमीले हाम्रो मायाको ‘इस्तिमारा’ गर्नु । म यता ‘इन्सुरेन्स’ गरौ“ला । आघौ“को ‘भ्यालेण्टाइन डे’मा ‘रेड रोज’ लिएर हाजिर भएर तिमीस“ग ‘डेन्टिङ्गपेन्टिङ्ग’ गर्ने बाचा गर्छु, तिमीले त्यत्तिञ्जेल अरुलाई मन दिएर मप्रति ‘ट्राफिक भायलेसन’ नपार्नु ।
–गियरप्रसाद पेन्टर
ड्राइभर प्लस मेकानिक
अल खोलखाल कम्पनि लिमिटेड
मुन्तजा सिग्नल, दोहा

०००
मेरी ‘हाइकु’, तिमीलाई मैले हाम्रो मायाको चिनो छोरो ‘रुवाई’ छोडेर आएको छु । भर्खरै छोरी ‘गेडी’ ‘हङ्गकङ्ग’बाट पठाइदिएको छु । म ‘मुग्लान’बाट फर्केर आएपछि तिमीलाई ‘मुक्तक’ उपहार ल्याइदिन्छु । छिमेकी ‘नरेन्द्रदाइ’ आउ“दा तिमीलाई ‘गजल’ पठाउने छु । तिमीले मेरो मायालाई ‘आगो’ ‘उपन्यास’ लुकाएजस्तै गरी लुकाउनु र एकान्तमा खोल्नु । मै आएर ‘कविता’ सालीको ख्याल राखौ“ला र ‘गीत’ घन्काएर नाचौ“ला । उवेलामा हाम्रो मायालाई ‘कथा’ बनाएर सुनाउनेहरुलाई धन्यवाद दिउ“ला र ‘ताङ्गका’ सुनाएर हत्तुहैरान पारौ“ला । यहा“का बै“शालुहरुस“गका रमाइला रमाइला ‘लघुकथा’ तिमीलाई सुनाउन म आतुर छु, केही महिना पर्ख आउने छु तर अहिले दुर छु । यही पत्रिकामार्फत् तिमीलाई ‘ह्याप्पी भ्यालेण्टाइ डे’ भन्छु ।
–विधागत सिसा (सिकारु साहित्यकार)
पत्रिका पट्याउने हाकिम
अल फुर्सद प्रिन्टिङ्ग प्रेस
सनैया ५३, कतार

०००
मेरी ‘चिकनचिल्ली’, तिमीलाई ‘साही पनिर’, ‘कडाइ पनिर’, ‘चिल्लीगोभीमसला’, ‘मस्रुममसला’, ‘आलुगोभी’ र ‘पालक पनिर’लाई जिब्रोले गरेजस्तै प्यार दिन्छु यो ‘भ्यालेण्टाइन डे’मा । त्यति मात्र होइन, ‘बार्बिक्युचिकेन’, ‘फिस फ्राइ’, ‘मटन ग्रेभी’, ‘फिस टिक्का’, ‘चिकन करी’ र ‘मटन करी’को स्वादजस्तै स्वादिलो माया दिन्छु । मैले मेरो जीवनको ‘फ्राइपिन’मा तिम्रै नामको ‘फ्राइड राइस’ बनाउने गरेको छु । मेरो प्रेमको ‘बिरयानी’ तिमीले ‘भ्यालेण्टाइन डे’मै चाखेको यादै होला । हेर, तिमीले मंसिरको ठण्डिमा ‘थुक्पा’ र ‘मम’ ख्वाएको मैले भुलेकै छैन । तिमीले पनि ‘मसला डोसा’, ‘बटर नान’, ‘तन्दुरी रोटी’ र ‘चपाती’जस्तो खाउ“खाउ“ परेको मेरो मायालाई चटक्कै नभुल्नु माया, अर्को ‘भ्यालेण्टाइन डे’मा नेपालमै ‘नाङ्गलो’मा भेटौ“ला । अहिलेलाई सारङ्गी रेटौ“ला । फोनैबाट यो साललाई ‘ह्याप्पी भ्यालेण्टाइन डे ।’
प्लेटकुमार सफाचट
जुनियर वेटर
अल पुछपाछ होटल कम रेष्टुरेन्ट
दुखान, कतार
Don't Miss
© all rights reserved
made with by netKUTI