काठमान्डौ माघ २३
संबिधानसभा नियमावली संसोधन मस्यौदा समितिको बैठक अहिले बसिरहेको छ । हिजो बैठक बस्न नसकेपछि आजका लागि तय भएको बैठकले नियमावली मस्यौदाको प्रतिबेदन तयार गर्ने समितिका सदस्य रमेश लेखकले जानकारी दिनु भएको छ । समितिले बिबादका कारण हिजो प्रतिबेदन तयार गर्न नसक्दा राज्य पुनसंरचनाको प्रतिबेदन संबिधान सभामा पेस हुन सकेको छैन । नेता लेखकले समितिका अन्य सदस्यका कारण नभई माओबादीका तर्फबाट प्रतिबेदन तयार गर्ने चाहना नराखेकाले ढिलाई भएको बताउनु भयो ।
हामीले कुनै बखेडा नझिकेको तर, माओबादीका तर्फबाट संयोजक फेर्दै बखेडा झिक्ने काम गरेकाले समयमै काम नसकिएको उहाँले जानकारी दिनुभयो । समितिको बिबाद मिलाउन संबिधानसभाका अध्यक्ष सुवास नेम्वाङ्गले सबैदलका प्रमुख सचेतक संग छलफल गर्दै संबैधानीक समितिको बैठकमा समेत नियमावली मस्योदा चाडो तयार गर्न आग्रह गर्नु भएको थियो । आज पनि समितिले प्रतिबेदन दिन नसके सभामुखले राज्यपुन संरचानाको प्रतिबेदन संसदमा पेस गर्न सक्नुहुने छैन ।