काठमाडौं, माघ २८,
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले आज चितवन र नवलपरासीको नवलपुर बन्दका गराएको छ । मध्यवर्तीले पाउनु पर्ने चार वर्ष देखिको बजेट सरकारले निकास नगरेको भन्दै आन्दोलनरत मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले चितवन र नवलपरासीको नवलपुर क्षेत्र बन्द गराएको हो । बन्दका कारण जिल्लामा कुनै पनि सवारी साधन चल्न सकेका छैनन्भ ने नवलपरासीको नवलपुर क्षेत्रको दुम्किवास, अरुणखोला, चोरमारा, डण्डा, लगायतका क्षेत्रमा बन्दको प्रभाव परेको छ ।
आन्दोलनका कार्यक्रम अन्र्तगत यस अघि हिजो चितवन र नवलपुरमा एक एक घण्टा चक्काजाम गरेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले चितवन राष्टिय निकुञ्जको कसरा र विभिन्न सेक्टर कार्यालयमा ताला लगाएको थियो । वन्यजन्तु संरक्षण ऐन २०२९ र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ ले व्यवस्था गरे अनुसार रकम प्राप्त हुदै आएकोमा चार वर्षदेखि रकम रोकिएकाले संरक्षणका काम, विकास निर्माण, राहतका कार्यक्रम तथा जनचेतना मुलक काम रोकिएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले जनाएको छ । ४ वर्ष देखिको मध्यवर्ती व्यवस्थापन समितिले ११ करोड ४१ लाख ७५ हजार रुपैयाँ पाउनु पर्ने मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष यमवहादुर परियारले जानकारी दिनुभयो ।