फागुन १२ गते ।
नेपाल आयल निगमले ग्यास बिक्रेताहरुले कालोबजारी बढाएर ग्यासको अभाव खडा गरेको भन्दै यस्ता बिक्रेताहरुबाट दैनिक बिबरण लिने भएको छ । निगमका अनुसार एलपी ग्यास उधोगका बिक्रेतहरुले दैनिक बिक्रि अवस्था संगै संन्चालकको नाम ठेगाना दुईदिन भित्र निगममा बुझाउन पत्राचार गरीसकेको छ । अबदखि बिक्रेताले दैनिक बिक्रि गरीने सीलिण्डरको संख्य पनि बिहान ११ बजे भित्रै निगमलाई जानकारी गराउनु पर्ने छ ।
साथै एल.पि.ग्यास विक्रेताहरुको अद्याबधिक सूची, विक्रेतालाई बिक्रि गरिने सिलिण्रको संख्या, विक्रेताले विक्रि गरेको सिलिण्डरको संख्या र उपभोक्ताको पहिचान सहितको विबरण, बिक्रिस्थलमा देखिनेगरि साइनवोर्ड राखनुपर्ने छ ।
होटल,कारखाना तथा अन्य निजि प्रतिष्ठनाहरुमा नियमित विक्रि गरिने सिलिण्रको विवरण निरन्तर रुपमा निगमलाई जानकारि गराउनुपर्ने नियम निगमले बनाएको छ । अब उप्रन्त ग्याास विक्रेताले निगमको स्विकृति लिएर मात्र थप सिलिण्डर खरिद गर्न पाउने भएका छन ।